२०७९ जेठ २१ गते शनिबार युग संवाददाता
मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० गोल अन्तरले पराजित भएको हो ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
कैलालीको चुरे गाउँपालिका वडानम्बर ६ मा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
अर्थमन्त्री जनार्दन शर्माले जस्तोसुकै अवस्थामा पनि सरकारले वार्षिक बजेट नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको भनी नेकपा एमालेलाई जवाफ दिएका छन् ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
बर्खा नलाग्दै बाजुराको साँफे–मार्तडी लोकमार्ग हिलाम्मे बनेको छ । वर्षा भएपछि पहिरो खसेर सडक लोकमार्ग हिलाम्मे भएको हो । साँफेमार्तडी लोकमार्ग अन्तर्गत पर्ने बार्जुगाड, मौरे, तिपाडा, पानीनाउँला बाउली, लगायतका सडकको अवस्था दयनीय रहेको छ ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
नागरिक उन्मुक्ति पार्टीले जिल्ला समन्वय समिति कैलालीको संयोजकका लागि तीन वडा अध्यक्षमध्येबाट एक जनालाई अगाडि बढाउने मनसाय बनाएको छ ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
छुट्टाछुट्टै घटनामा बैतडीमा दुई जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन् ।२०७९ जेठ २० गते शुक्रबार युग संवाददाता
पैयाँ बजेट पठाएको छ । अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा सङ्घीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ । काठमाडौं नेपाल आयल निगमले पेट्रोल र डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
आज जेठ १९ गते दरबार हत्याकाण्ड भएको कालो दिन । राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डको २१ पूरा भएको छ । २०५८ जेठ १९ गते राति भएको हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएको थियो ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
नौ वटा पालिका रहेको कञ्चनपुरमा नगरप्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष पदमा मात्रै २८ प्रतिशतभन्दा बढी मत बदर भएको छ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
सत्ता गठबन्धनमा आबद्ध पाँच दल प्रतिनिधि सभा निर्वाचन आगामी १० मंसिरभित्रै गर्ने गरी अघि बढेका छन् ।२०७९ जेठ १९ गते बिहिबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि उपलब्धीमूलक बजेट ल्याउनु पर्नेमा प्रदेश सभा सदस्यहरुले जोड दिएका छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल आइस्पानले विद्युत् प्राधिकरणले देशभरका मुख्य इन्टरनेट वितरण केन्द्रहरूमा विद्युत् प्रसारण लाइन काटेका कारण जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने चेतावनी दिएको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
सत्तारुढ दल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको एउटा समूहले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय कीर्तिपुरमा माघ ७ गते र आंशिक प्राध्यापक संघर्ष समितिले माघ २२ लगाएको ताला बुधबार नेपाल कम्प्युनिस्ट पार्टी (क्रान्तिकारी) का कार्यकर्ताले तोडेका छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
कैलालीको टीकापुर अस्पताल परिसरभित्र सरुवा रोग अनुसन्धान तथा नियन्त्रण केन्द्रको भवन निर्माणमा लापरवाही भएको छ ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
बाजुराका अधिकांश स्थानीय तहमा छाउप्रथा रोक्ने अभियान सुस्त बन्दै गएपछि अहिले महिनावारी भएका सयममा महिलाले पुनः छाउगोठमा सुत्न सुरु गरेका छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
राष्ट्रपति विद्यादेवी भण्डारीले आज सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थलमध्येका एक बडीमालिकाको दर्शन र पूजा, अराधना गरेकी छन् ।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टले कैलालीको गेटामा निर्माणधीन मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरेका छन्।२०७९ जेठ १८ गते बुधबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिएका छन्। कृषि सहकारीमा मल नपाएपछि उनी मलको जोहो गर्न भारतीय बजार तिकुनीया जाने तयारीमा छन् ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल विश्भरका पत्रकारहरुको छाता संस्था अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को कार्यकारी समिति सदस्यमा निर्वाचित भएका छन् ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–दुई अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
बैतडीमा पाठ्यपुस्तक अझै पुग्न सकेको छैन । नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता भइसक्दासमेत पाठ्यपुस्तक नपुगेका हुन् ।२०७९ जेठ १७ गते मङ्गलबार युग संवाददाता
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल सुरु भएको छ ।